कास्कीमा मतगणना सुरु

“पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत कास्कीमा बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णय अनुसार दिउसो १ बजेबाट मतगणना सुरु भएको हो ।

विहान निर्वाचन कार्यलयका, प्रशासन र जिल्लामा रहेका विभिन्न पार्टीहरु बीच मतगणना सुरु गर्ने बारे सर्बदलीय बैठक सम्पन्न भएको थियो। सर्वदलीय बैकठमा भएको सहमति अनुसार कास्कीको तीन वटा निर्वाचन क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना सुरु गरिएको छ।

कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्रनम्वर २ को सहकारी प्रशिक्षण डिभिजन कार्यालयमा र क्षेत्र नम्वर ३ को जिल्ला समन्वय समितिमा मतगणना सुरु भएको हो ।

कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २ लाख ५५ हजारमा मतदातामा ७० प्रतिशतले मतदान गरेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *