पर्यटन क्षेत्रको सामरिकता ।

”विश्व नजिर

      वल्र्ड ट्राभल एन्ट टुरिष्ट काउन्सिलको प्रतिवेदन अनुसार सन् २०१४ मा विश्वभर पर्यटन क्षेत्रमा १.३ ट्रिलियन डलर खर्च भएको छ । करिब १ अर्ब अधिक पर्यटकहरुले विश्व भ्रमण गरेका छन् । फलस्वरुप विश्वको कूल गार्हस्थ्य उत्पादनमा ७ ट्रिलियन डलर  बराबरको योगदान पुगेको छ । जुन  कूल गार्हस्थ्य उत्पादनको ९.५ प्रतिशत हो । पर्यटन क्षेत्रबाट करिब २ सय ६६ मिलियन ब्यवसायहरुमा कुनै न कुनै भरथेग मात्र भएको छैन ६८.८ मिलियन मासिनलाई प्रत्यक्ष रोजगारी प्राप्त छ । जुन विश्वको कूल रोजगारीको ३.९ प्रतिशत हो ।पर्यटन उद्योगमा धनी मुलुुको हिस्सा अधिक छ । जहाँ अप्रिकाको हिस्सा ६ प्रतिशत हुँदा एसियाको हिस्सा २३ प्रतिशत, युरोपको हिस्सा ३८ प्रतिशत, मध्यपूर्वको हिस्स २० प्रतिशत र अमेरिकाको ९ प्रतिशत छ ।

उत्तरको छिमेकी

     छिमेकी चीनलले पर्यटन क्षेत्रलाई आथिक वृद्धिको महत्त्वपूर्ण औजारको रूपमा उपयोग गरिरहेको छ ।चीन पर्यटन भित्राउने विश्व मै तेस्रो मुलुक हो भने, एसियामा, प्रथम । सन् १९७८ मा १ करोड ८० लाख पर्यटक भित्राएको चीनले सन् २०१० मा ५ करोड ६० लाख भित्राएको थियो । पर्यटन क्षेत्रमका सर्वाधिक खर्च गर्ने मुलुक पनि हो, चीन ।  १३ हजार अधिक तारे  होटलहरु रहेको चीनमा  सरदर बसाई २५ दिन छ । जसको कारण जिडिपिमा योगदान १० प्रतिशतको हाराहारी  छ । पर्यटन क्षेत्रमा सर्वाधिक खर्च गरी सर्वाधिक रोजगारी सृजना गरी रहेको चीनले सन् २०१४ मा १ सय २ बिलियन डलर खर्च गरी  २ करोड २७ लाख ७९ हजार  प्रत्यक्ष्य रोजगारी सृजना गरेको हो । शितकालीन पर्यटन, दिगो पर्यटन, सृजनशिल पर्यटन, खेलकुद पर्यटनलाई प्रभावकारी बनाइरहेको चीनले पर्यटकीय सेवा, सुरक्षा, सन्तुष्टि र मनोरञ्जलाई निकै महत्त्व दिएको छ ।

 

 दक्षिणको छिमेकी 

     छिमेकी भारतले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको हतियारको स्वीकार गरेको छ । भारत पर्यटन भित्राउने बरियातिमा ३८ औ मुलुक हो  । यस क्षेत्रले जिडिपिमा करिब ६ प्रतिशत योगदान पु–याईरहेको छ । भारत पर्यटन क्षेत्रमा सर्वाधिक रोजगारी सृजना गर्ने विश्व कै दोस्रो मुलुक हो । पर्यटन क्षेत्रले करिब ४ करोड मानिसलाई  रोजगारी उपलब्ध गराएको छ । सन् २०१२ मा  ६६ लाख ४८ हजार पर्यटन भित्रदा  औषत १६ दिनको बसाई सहित १७.७३ बिलियन डलर आर्जन गरेको हो । पर्यटन क्षेत्रले मानव संसाधन विकास, प्रचारप्रशार र पुरुस्कारलाई प्रभाकारी बनाउँदै चिकित्सा, ग्रामीण, फिल्मी पर्यटनमा चुस्त बनाएको छ ।

हाम्रो अवस्था

     त्यसो त हामी कहाँ पर्यटकीय खजनाको कुनै अभाव चैँ छैन । काठमाडौँ, ललितपुर, भक्तपुर जस्ता प्राचीन नगरी,  ६० मिटर देखि ८ हजार ८ सय ४८ मिटर उचाइको बिबिधतायुक्त  धरातलीलय स्वरूप, ८ हजार मिटर भन्दा अग्ला ८  वटा हिमाल, बिश्वसम्पदा सुचिकृत ७ वटा सम्पदा, विश्व मै नाम कमाएका पदमार्ग, चिसो हावापानी, ताल, तलैया, १३ सय प्रजातिका चराचुरुगीहरु, १० वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षित क्षेत्र, ६ हजार ३ सय ९१ प्रजातिका फुलहरू उपलब्ध छ । तथापि सम्भबनाहरुको उचित उपयोग गर्न सकिएको छैन ।

       सन् १९७४÷७५ ताका नेपालमा ९२ हजार ४ सय ४०  पर्यटक भित्रिएकोमा सन् २०१३÷१४ अर्थात् ३८ वर्षको अवधिमा मात्र ७ लाख १० हजाार ६५२ अतिरिक्त पर्यटक थपिएका छन् । पर्यटन वर्ष २०११ को लक्ष्य १० लाख पर्यटन भित्राउनु रहेकोमा तर ७ लाख ३६ हजार ५ सय १५ पर्यटक मात्र भित्रिए हुन । बाहै त्रिबर्षीय योजना अवधिमा १२ लाख पर्यटक भित्राउने लक्ष्य रहेकोमा मात्र ८ लाख ३ हजार ९२ पर्यटक भित्रिए । लुम्बिनी भ्रमण वर्ष २०१२ मा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेकोमा ७ लाख ९५ हजार ७ सय ९४ पर्यटक मध्ये ५ लाख ३९ हजार २१० आन्तरिक पर्यटक थिए । पर्यटनको बसाई सन् १९७४÷७५  मा औषत १३.१० दिन रहेकोमा सन् ०१३÷१४ मा १२.८७ दिनमा खुम्चियो । कूल पर्यटक  मध्ये भारत तथा चीनको हिस्सा ३० प्रतिशत रहेकोमा भारतीय पर्यटकको बसाई औषत ९.३४ दिन र चीनिया पर्यटकको औषत बसाई ८.८४ दिन मात्र छ । सन् १९७४÷७५ ताका पर्यटन क्षेत्रबाट १७ करोड ६ लाख आर्जन भएकोमा ३८ वर्षको अवधि अर्थात् सन् ०१३÷१४ मा मात्र ३० अर्ब ७२ करोड मात्र आर्जन भएको छ । ती ताका जिडिपिमा योगदान १ प्रतिशत रहेको सन् ०१३÷१४ मा १.८ प्रतिशत मै लरखराएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्राउने  सपना कोरलीरहदाँ तारे होटेल १ सय १६ गान र पर्यटकीयस्तरका होटेल मुस्किलले ९ सय ६० थान मात्र छन् । जहाँ ३५ हजार भन्दा अधिक शैया छैन्न  । मुलुकको ३० बर्से बुढो एकल विमानस्थलले २६ थान अन्तर्राष्ट्रिय विमान कम्पनी सँग सकिनसकी प्रतिस्पर्धा गरिरहदा घरेलु ५१ वटा बिमानस्थलहरु मध्ये  १७ थान मात्र सञ्चालनमा ल्याउन सकिएको छैन । २०७२ वैशाख १२÷२९ महाभुकम्पकमा विभिन्न ६० स्थानका ७ सय २१ वटा ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु क्षेतिग्रस्त भएका छन् । जसमा  १ सय ३० वटा सम्पदाहरु पूर्णरुपमा ध्वस्त भए । मौद्रिक रूपमा कूल क्षति ४३  अर्ब बरारबको क्षेति यस क्षेत्रले बेहोरेको छ । भत्किएका सम्पदाहरु अझै खुला आकाशमुनि परिरहेका छन् । झ्याल, ढोका, दलिन, निराल बुर्जा, टुडाला, मूर्ती लगायत अति महत्त्वपूर्ण चिजबिहरु घाम, पानी हावा, क्षेयीकरण हुँदो छ । अझै निर्माण सुरुवात हुन सकिरहेको छैन ।

राज्यको कनिकुथी

       पर्यटन प्रबद्र्धनका  खातिर राज्यबाट कनिकुथी नभएको होइन ।  पर्यटन उद्योगलाई आधारभूत उद्योगको रूपमा स्वीकार गरिनु, खास वर्षलाई भ्रमण वर्ष वा पर्यटन वर्षको रूपमा मनाउनु अर्थात् सन् १९९८ नेपाल भ्रमण वर्ष, सन् २०११ लाई पर्यटन वर्ष, सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउनु, होमस्टेको अबधारण अगाडि सारिनु, बजेट बक्तब्य(०७२।७३) एक पटकमा १ सय अधिक पर्यटक भित्राई सभा, सम्मेलन, गोष्टी, अन्तक्रिया आयोजना गरेमा आयोजना सम्पन्न गरेको प्रमाणको आधारमा रु. ५ लाख नगद अनुदानको व्यवस्था  गरिनु, ०६६ साउन देखि पर्यटन सेवा शुल्क हटाईनु वा हवाई टिकट मै प्रति पर्यटन १ हजार रुपैयाँ लिने व्यवस्था गरिनु, पर्यटकलाई प्रवेश बिन्दु मै भिसा प्रदान गर्ने व्यवस्था गरिनु, ०७०।७१ देखि सार्वजनिक संस्थान, बैङ्क, वित्तीय संस्थाका  कर्मचारीहरूलाई संस्था कै खर्चमा ७ दिनको पर्यटन बिदाको सुविधा उपलब्ध गराईनु,संकलित दस्तुरको निश्चित प्रतिशत स्थानीय पूर्वाधार निर्माण, वातावरण सुरक्षा वा दिगो विकासका लागि छुट्टाईनु, होटेल व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तरतह सम्म अध्यापन गराईनु, पर्यटन दूरदृष्टि–२०२० अभियानल पस्कनु, सो अभियान अन्तर्गत सन् २०१३ देखि २०२० को अवधिमा विभिन्न क्षेत्रहरू समेटी पर्यटन अभियान वर्ष घोषणा गर्ने निधो गर्नु, सोही अनुरूप सन् २०१३ लाई सिस्ने जलजला–ढोरपाटन र कर्णाली पर्यटन वर्ष, सन् २०१४ लाई बिदेह–मिथिला र सलहेस पर्यटन वर्ष, सन् २०१५ लाई बिराट–मेची–पहाडी पर्यटन वर्ष, सन् २०१६ लाई रुरु–रेसुंगा, पोखरा–अनन्नपूर्ण–मनासुल पर्यटन वर्ष सन् २०१७ लाई अरुण–सगरमाथा पर्यटन वर्ष, सन् २०१८ लाई सिमौन–काठमाडौँ–लामटाङ्ग पर्यटन वर्ष सन् २०१९ लाई चिसापानी–खप्तड, रामारोशन पर्यटन वर्ष र सन् २०२० लाई आन्तरिक भ्रमण तथा नागरिक उडयन वर्षका रूपमा मनाईने निधो हुनु,, हेटौडमा पर्यटन  सूचना केन्द्र स्थापना गरिनु पर्यटन क्षेत्रको विकासका निमित्त राज्यबाट भए गरेका कनिकुथिहरु हुन । तथापि यी कनिकुथिहरु कागजी छन् । पूर्ण छैन्न । यसैले नेपालको पर्यटन ७÷८ लाख  मै लरखराईरहेको छ ।

                                                                 ढुन बहादुर बुढाथोकी,“सङ्घर्ष”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *