‘देउवाजीले आत्मालोचना गर्नुहोला भनेको त रिसाएको बिरालो झैँ प्रस्तुत हुनुभयो’

 

असार ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको आदेश नमानेको आरोप लगाएका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकको विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद भट्टराईले सो आरोप लगाएका हुन् । 

null

‘मलाई त लागेको थियो कि कांग्रेसले संसदमा जे भयो, त्यसमा आत्मालोचना गर्ला । तर, भोलिपल्ट आएर रिसाएको विरालोले खाँबो चिथोरे जस्तो ढंगले प्रस्तुत हुन थाल्यो’, संसदमा उनले भने, ‘कांग्रेसले सभामुखको आदेश मानेन । कानून कम्युनिस्टलाई मात्र लाग्ने, दुनियाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीलाई चैँ कानुन नलाग्ने हुन सक्दैन ।’ 

सांसद भट्टराईले सभापति देउवाले बुधबार संसदमा गरेको सम्बोधनमाथि पनि टिप्पणी गर्न भ्याए । सभापति देउवाले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आत्मालेचना गर्नुको साटो रिसाएर प्रस्तुत भएको बताए । 

उनले भने, ‘मलाई लागेको थियो कि शेरबहादुर देउवाजीले भोलिपल्ट आएर प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएकोमा आत्मालोचना गर्नुहोला । तर त्यसो गर्नुको साटो उहाँ त रिसाएको बिरालोले खाँबो चिथोरे जस्तो ढंगले प्रस्तुत हुन थाल्नुभयो ।’ 

सभापति शेयरबहादुर देउवा आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले संसद प्रतिपक्षको भन्दै आफूले पहिले बोल्न पाउनुपर्ने धारणा राखेका थिए । साथै उनले प्रम ओलीको युरोप भ्रमण असफल भएको पनि दाबी गरेका थिए । 

नेकपा सांसद भट्टराईले देउवाको धारणामाथि बुधबार नै आफ्नो प्रतिक्रिया राख्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको कुरा गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *