चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपालमा खतरा बढ्योः नेता नेपाल

कात्तिक २, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि खतरा बढेको बताएका छन् ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले सीको भ्रमणले नेपाललाई सफलतातिर उन्मुख गराउने अभिव्यक्ति दिइरहँदा सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले यस्तो धारणा राखेका हुन् । नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाई राख्नुपर्ने चुनौति थपिएको उनको भनाइ छ ।   

‘चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको छ । उनको  भ्रमणको सफलता सँगै खतरा पनि बढेको छ । ठूला राष्ट्रका आ–आफ्ना किसिमका स्वार्थ हुन्छन् । भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट नेपाललाई जोगाउनुपर्छ’, नेता नेपालले भने ।   

नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्ने उनले स्पष्ट पारे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *