नेपाल आइडलका टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत

असोज २८, काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टी सम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । 

आशिष प्रसाईंको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, सञ्जय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ । दशैं तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा स्वयं कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि शसक्त भूमिका निर्वाह गरेका छन् । 

गीतको शब्द विक्की महतले लेखका हुन् । गीतको कम्पोज पनि स्वांय विक्की महतले नै गरेका हुन् ।‘परदेशमा रहेर दशैं तिहारलाई सम्झिएर शब्द रचना गरेको हुँ’, उनी भन्छन्, ‘हजारौँको संख्यामा नेपाली युवाहरु विदेशी भूमिमा श्रम गर्न बाध्य छन्, उनीहरुको लागि के दशैं, के तिहार उनीहरुलाई पनि त यो चाडपर्वले कति छुँदो हो ? हाम्रो गीतले यहि कथा भन्छ । ’ 

null

 

गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलार्इ सुशील न्यौपानेले सम्पादन गरेका हुन् । 

देश तथा विदेशमा बस्ने नेपालीहरुले यो गीत औधी मन पराउने कलाकारहरुको दाबी छ । गीतका गायक तथा संगीतकारले सक्दो मेहेनत गरेर गीतको भिडियो तयार भएको निर्देशक आशिष प्रसाईंले बताए । 

https://youtu.be/8AG7dOG_2ss 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *