प्रहरी अधिकृतहरुद्धारा कार्यालय भित्र वकिलमाथी हातपात

मंसिर १, इनरुवा । सुनसरीको दुहवीमा प्रहरी कार्यालय भित्र दुई पक्षिय छलफलका क्रममा एक जना कानुन व्यवसायीलाई प्रहरी अधिकृतहरुले हातपात गरेको आरोप लगाईएको छ । 

शुक्रवार इलाका प्रहरी कार्यालय दुहवीमा सवारी दुर्घटना सम्बन्धी घटनामा छलफल हुँदा सुनसरी जिल्ला अदालत वार एसोसिएसन ईकाइका सदस्य समेत रहेका अघिवक्ता विनोदकुमार चौधरीलाई बिचमा बोलेको भन्दै हातपात र लछारपछार गरेका हुन् । 

शनिवार इनरुवामा प्रहरी अधिकृतहरुको दुव्र्यवहारमा परेका अघिवक्ता विनोदकुमार चौधरीले पत्रकार सम्मेलन गरि प्रहरी निरिक्षक रामनारायण माझि, प्रहरी नायव निरिक्षक गोपालप्रसाद सापकोटा, प्रहरी सहायक निरिक्षकद्वय डम्मर गौतम र रोहित दाहालले ‘अदालतमा गएर मुद्धा दर्ता गर्ने, अदालतमा गएर बोल्ने’ भन्दै धम्काउदै लगाएको लुगाको कलर समातेर हातपात गरि कार्यालय भित्र लगेर थुनुवा कक्षमा भित्र हुलेर थुन्न समेत खोजेको जनाएका छन । 

null

पत्रकार सम्मेलनमा अघिवत्ता चौधरीले भने–‘इलाका प्रहरी कार्यालय दुहवीको हाता भित्र भएको दुई पक्षिय छलफलका क्रममा भुपेन्द्र चौधरीको पक्षबाट आफुले भनाईहरु राख्न खोज्दा प्रहरी अधिकृतहरुले ‘तँ बोल्ने को होस ?’ भन्दा मैले म कानून व्यवसायी हुँ मैले पिडितका तर्फबाट कुरा राख्न पाउँछु की पाउँदिन भन्दा तिमी मेरो कार्यालयबाट गईहाल् निस्कीहाल्, तिमी बोल्न पाउँदैना भन्दै दुब्र्यहार गरे ।’ 

उनले भने–‘यो मेरो कार्यालय हो भन्दै प्रहरी निरिक्षक रामनारायण माझिले गलहत्याई सकेपछी बाँकी रहेका जुनियर प्रहरी अघिकृतहरुले मेरो कपडा भेष्टको कलर समात्दै, हातपात गर्दै दुरव्र्यवहार गरी कार्यालयको मुल गेटबाट बाहिर निकाल्दै कडा शब्दमा धम्की समेत दिए ।’ 

अघिवत्ता चौधरीले आफु माथी कार्यालय हातामा हातपात र दुव्र्यवहार गरि धम्की दिने प्रहरी अधिकृतहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् । उनले घटना भएको विषयमा दुहवी स्थित इलाका प्रहरी कार्यालय भित्र सिसिटीभी क्यामेरा जडान गरिएको भए त्यसमा घटनाको यर्थात विवरणहरु समेत कैद भएकाले त्यसको फुटेज हेरी सत्य तथ्य समेत जानकारी लिन सरोकारवाला सवैलाई अपिल गरेका छन् । 

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक रामनारायण माझिले कार्यालय हाता भित्र छलफलका क्रममा होहल्ला भएकाले दुवै पक्षलाई बाहिर जान आग्रह गरि बाहिर पठाएको बताउँदै वकिललाई कुनै हातपात नगरेको दावी गरेका छन । 

आइतवार नेपाल वार एसोसोएसन सुनसरी जिल्ला अदालत वार एसोसिएन सुनसरीले समेत घटनाका सम्बन्धमा सत्य तथ्य बुझी दोषीलाई कारवाहीको माग गर्न आफना कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *