कमेडियन प्रनेश गौतमको पक्राउको विरोधमा प्रदर्शन

 

जेठ २९, काठमाडौं । कमेडियन तथा मेमे नेपालका सञ्चालक प्रनेश गौतम पक्राउ परेको विरोधमा बुधबार राजधानीमा प्रदर्शन गरिएको छ । 

गौतम पक्राउ विरुद्धमा स्वतन्त्र रुपमा युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले मुखमा टेप लगाएर ‘फ्रि प्रनेश’, ‘नराम्रोलाई नराम्रो भन्न् किन नपाउने ?’, ‘नेपाली फिल्म इण्डस्ट्रिजको दादागिरी बन्द गर’ लगायतका प्ले कार्ड बोकेका थिए । 

null

 

धरान नगरपालिका वडा नम्बर १४ घर भइ हाल भक्तपुरको बालकोटमा बस्दै आएका प्रनेशलाई युट्युबमा चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । 

चलचित्रका निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स) ले प्रनेशले चलचित्र व्यवसायमा घाटा पुर्याउने गरी झुठा प्रचार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले साइबर अपराधको अभियोगमा उनलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *