ब्याटलमा पछि परेका सि.डि विजय बने पहिलो ‘भ्वाइस अफ नेपाल’
काठमाडौं । ब्याटल राउण्डमा आफ्ना कोचको पहिलो रोजाइमा नपरेका सिडी विजय अधिकारी अन्ततः पहिलो ‘दि भ्वाइस अफ नेपाल’को विजेता बनेका छन् । उनलाई कोच दीप श्रेष्ठले स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए ।
शुक्रबार राति कतारको दोहामा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धिलाई पछि पार्दै अधिकारी सिङगिङ रियालिटी शो को पहिलो उपाधि जित्न सफल भए । दर्शकको भोटको आधारमा निर्णय भएको हो ।
null
नेपालमा पहिलो पटक ‘दि भ्वाइस अफ नेपाल’को टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।
फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए ।
उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो ।
‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रामा प्रवेश गरेका विजयको नाम अघिको सी. डीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसँग ब्याटलराउण्डमा देखिएका थिए । टिम दीपका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए ।
उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए । मदरल्याण्ड स्कुल पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा वि.वि.ए तेस्रो वर्षमा अध्ययनरत छन ।
उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन् । खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए ।