धरानमा तीजको अवसर पारेर पाककलाको प्रदर्शनी
भाद्र १३, धरान । धरान १० स्थित प्राइम भिजन इन्ष्टियुट अफ होटल मेनेजमेण्ट कलेजलका विद्यार्थीहरुले बिहिबार तीजको अवसर पारेर पाककलाको प्रदर्शनीको आयोजना गरेका छन् ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धिको उद्देश्यका साथ कलेजले नेपाली महिलाहरुको विशेष चाड तीजलाई अवसरका रुपमा मनाएको हो । विद्यार्थीहरुले कक्षामा सिकेका खानाका परिकार बनाउने सीपलाई प्रदर्शन गर्न कलेजले कार्यक्रमको आयोजना गरेको कलेजका सञ्चालन व्यवस्थापक अभिषेक श्रेष्ठले बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघकी सदस्य एलिना मगरको प्रमुख आतिथ्यतामा भएको सो पाककला प्रदर्शनी तथा अतिरिक्त कृयाकलापमा ५६ विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए । यसैगरी विद्यार्थीहरुले नाचगानलगायत अन्य प्रतिभाहरु प्रष्फुटन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीसहित अतिथि, अभिभावक एवम् शुभचिन्तकहरु पनि नाचगान, म्युजिकल चेयर, फास्ट अफ फ्युरियस, बेलुन फुटाउने प्रतियोगिता पनि सहभागि भएका थिए । कार्यक्रमको आयोजनाले विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गर्ने तथा अभिभावकहरुसंग इन्ष्टिच्युटको सम्बन्ध विकास पनि हुने विद्यार्थी किरण लामाले बताइन् ।