कोरोना भाइरस : चीनमा १ सय ६ जना संक्रमितको मृत्यु

माघ १४, काठमाडौं ।  चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् भने ४,००० जनाभन्दा बढी सङ्क्रमित भएका छन्। 

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। 

चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ जनमा सङ्क्रमणकाभेटिएको पुष्टि भएको छ ।   

चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ। 

अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउने योजना बनाएका छन्। 

चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको मृत्यु नभएको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *