शिक्षकले पाउँने भए दुई वर्ष सुत्केरी बिदा

  

 

बैशाख ४, ईलाम । सरकारको तर्फबाट शिक्षकलाई सुत्केरी बिदा २ महिना मात्र दिने भए पनी अब भने शिक्षकले २ वर्ष सुत्केरी बिदा पाउने भएको छ । 

null

इलामको माइ नगरपालिकाले सुत्केरी बिदा २ वर्ष दिने निर्णय गरेको हो । शिक्षा सम्बन्धी कार्यविधि बनाउँदै नगरपालिकाले सुत्केरी बिदा दुई वर्ष दिने व्यवस्था गरेको हो । 

इलामको माइ नगरपालिकाले २ वर्ष विदा दिने निर्णय गरेपनी यता इलाम नगरपालिकाले भने तीन महिना मात्र सुत्केरी बिदा दिने व्यवस्था गरेको छ । २०७५ भाद्र २८ गते शिक्षा सम्बन्धी कार्यविधि पारित गर्दै सुत्केरी बिदा दिने व्यवस्था गरिएको हो । 

जसअनुसार नै कार्यविधिमा प्रत्येक वर्षको शैक्षिक शत्र शुरु हुनुभन्दा पहिले दरबन्दी मिलान गरिने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *