हातपात गर्नेले माफी मागेपछि काममा फर्किए कर्मचारी

 

जेठ १०, लहान । कर्मचारीलाई हातपात गर्नेले सार्वजनिक रूपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारी काममा फर्केका छन् । 

कार्यकक्षमै काम गरिरहेको बेला कल्याणपुर नगरपालिका ओभरसियर छेदीकुमार साफीलाई हातपात गर्ने कल्याणपुर नगरपालिका–७ रमपुरा भेडियाका दीपेन्द्र यादवलगायतले माफी मागेपछि कर्मचारी काममा फर्केका हुन् । 

null

सहकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित दुई दिनदेखि नगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका थिए । 

समस्या समाधानका लागि भएको छलफलमा हातपात गर्ने व्यक्तिले सार्वजनिक रूपमा माफी माग्दै अब उप्रान्त घटना नदोहो¥याउने प्रतिबद्धता जनाएकाले कर्मचारी काममा फर्केको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *