प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान

कार्तिक ७, काठमाडौँ । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु प्रस्थान गरेका छन् ।   

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गरेका हुन् । 

उनका अनुसार प्रधानमन्त्रीसँगै उनका श्रीमत राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान भएका हुन् । 

Image result for प्रधानमन्त्री प्रस्थान

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो  ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनका साइड सेशनका लागि अजरबैजान पुगिसकेका छन् । 

प्रधानमान्त्रीले अजरबैजान भ्रमणको समयमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलन अन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने बताइएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *