अत्तरियाको पहिलो हारमा महेन्द्रनगरको जित

 

फागुन ५, धनगढी । फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा महेन्द्रनगर युनाइटेडले पहिलो जित हात पार्दै अत्तरियालाई हराएको छ । 

आइतबार भएको खेलमा सिवाईसी अत्तरियालाई ७ विकेटले पाखा लगाउँदै महेन्द्रनगरले पहिलो जित हात पारेको हो । अत्तरियाको भने यो पहिलो हार हो । बर्षाले मैदान भिजेका कारण ढिलो सुरु भएको खेल ६ ओभरमा छोट्याइएको थियो । 

null

जितसँगै ५ खेलबाट ५ अंक जोडेको महेन्द्रनगरले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । 

अत्तरियाले दिएको ५५ रनको लक्ष्य महेन्द्रनगरले ५ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । महेन्द्रनगरका लागि आनन्द सुब्रमन्यमले सर्वाधिक १७ रन बनाए । यस्तै आरिफ शेख १५ रनमा अविजित रहे भने मोहमद नाभिद ६, कप्तान शरद भेषवाकर ५ रनमा आउट भए । कुशल मल्ल ६ रनमा अविजित रहे । 

अत्तरियाका भुवन कार्कीले २ र दिपेन्द्र रावतले १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै ६ ओभर खेल्दै ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक १९ रन, जय किशन कोल्शवाला र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १०–१० रन बनाए भने भुवन कार्की र रित गौतम समान ४–४ रनमा अविजित रहे । 

महेन्द्रनगरका कप्तान शरद भेषवाकरले विकेट लिए भने अविनाश बोहरा र सागर ढकालले २–२ विकेट लिए । 

अत्तरियाले हार व्यहोरे पनि उसको प्ले अफ सम्भावना बलियो रहेको छ । अत्तरियाको ३ खेलबाट ४ अंक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *