गोरखाको प्रदेशसभामा नयाँशक्ति, कास्कीमा काँग्रस विजयी

मंसिर २३, काठमाडौं । गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी भएका छन् । हरिशरणले वाम गठबन्धनका उम्मदवार कमला नहर्कीलाई पछाडि पार्दै विजयी हासिल गरेका हुन् ।

हरिशरण आचार्यले ३ हजार २ सय ७८ मतको फराकीलो अन्तरले जितेका हुन् । आचार्यले १५ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नहर्कीले १२ हजार ६५ मत प्राप्त गरे ।

यता, कास्कीको क्षेत्र नम्वर २ को प्रदेशसभा ख मा कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भए । थापाले १० हजार ७ सय २६ मत प्राप्त गरे । वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कास्की इन्जार्च राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गरे । यो क्षेत्रमा कांग्रेस नेता नरेशशंकर पालिखेले स्वतन्त्र रुपमा बागी उम्मेदवारी समेत दिएका थिए ।

बागी हुँदाहुँदै पनि थापाले ८ सय २ मतले जिते । बालक चुनाव चिह्न लिएर चुनाव लडेका पालिखेले१ हजार ३ सय मत ल्याए । कास्कीमा ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेशसभा छन् ।मतगणना भैरहदाँ अरु सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *