नेकपा सचिवालय बैठक चार बजे बस्दै

माघ ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । सभामुखको उम्मेदवार तय गर्न आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको महासचिव विष्णु पौडलले जानकारी दिएका छन् । 

महासचिव पौडेलका अनुसार आइतबार बिहान दुई अध्यक्षबीच भएको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको हो  ।   

रिक्त रहेको सभामुख पदका विषयलाई नेकपाले अहिलेसम्म टुङ्ग्याउन सकेको छैन ।  सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद चर्कदै गएपछि प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ ।   

पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गते सोमबारका लागि डाकिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *