१४ वर्षपछी फरार अभियुक्त पक्राउ

पुस २४, काठमाडौँ । बीरगञ्जमा प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक अभियुक्तलाई १४ वर्ष पछि पक्राउ गरेको छ । 

लागुऔषध गाँजा र चरेश मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका अभियुक्त वीरगञ्ज महानगपालिका वडा नम्बर २ बस्ने ४८ वर्षे उमाशंकर वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो ।   

अदालतबाट साजयको आदेश भई फरार रहेका उमाशंकरलाई लुकीछिपी बसेको अवस्थामा उनकै गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका उमाशंकरलाई २०६२ साल असार २८ गते  जिल्ला अदालत पर्साले लागुऔषध गाँजा–चरेश मुद्दामा ४ वर्ष ५ महिना कैद र २५ हजार जरिवानाको फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हाल वर्णवाललाई आवशयक कारवाहीको लागि जिल्ला अदालतमा बुझाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *