भेनेजुएलाको स्वोघोषित राष्ट्रपतिले भने, गृहयुद्धको सम्भावना छैन

माघ २२, काठमाडौँ । भेनेजुएलामा अहिले राजनीतिक संकट चलिरहेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि चुनाव गराउन अन्तर्राष्ट्रिय दबाव बढिरहेको छ । 

फ्रान्स, जर्मनी र स्पेन सहित यूरोपीयन संघको करीब १६ देशले ख्वान ग्वाइदोलाई देशको अन्तरिम राष्ट्रपति भएको आधिकारिक मान्यता दिइसकेका छन् । अमेरिका र ब्रिटेनले पनि ग्वाइदोलाई नै मान्यता दिइसकेको छ । 

यसैबीच ग्वाइदोले राष्ट्रपति मादुरोको चेतावनी खारेज गरिदिएका छन्, जसमा राष्ट्रपतिले भनेका थिए कि राजनीतिक संकटले देशमा गृहयुद्ध निम्त्याउन सक्छ ।  

null

आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका उनले यसलाई मादुरोको कल्पना भएको बताए । उनले मादुरोले मानिसहरुको दिमागमा डर भरिरहेकाे बताए ।  

 

उता क्यानडा प्रधानमन्त्री जस्टिन ट्रूडोले मादुरोमाथि तानाशाही चलाएको आरोप लगाए । 

भेनेजुयला भयानक आर्थिक मन्दीबाट गुज्रिरहेको छ । औषधि, खाद्यान्न जस्त अत्यावश्यक चिजको कमी भएको छ । भेनेजुयलाका नागरिक महंगीको मारमा परेका छन् । 

भेनेजुयलाका जनताले यिनै मुद्दा उठाएर सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन रोक्न सैन्य बल प्रयोग गरेको आरोप सरकारलाई लाग्दै आएको छ ।  

यसबीच हालै भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षी नेता ख्वान ग्वाइदोले आफैंले अन्तरिम राष्ट्रपति घोषणा गरे र, अमेरिकासहित विश्व शक्तिराष्ट्रहरुको समर्थन पाए । 

यसैबीच मादुरो सरकारले पक्षधर रुसले पनि भेनेजुएलामा विदेशी दखलको निन्दा गरको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *