बढैयाताल गाउँपालिकालाई सिटिजन्स बैंकले दियो रु १ लाख
चैत्र २८, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ लाख सहयोग गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।
यसअघि पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु ४९ लाख सहयोग गरिसकेको छ ।
विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको बैंकका प्रवक्ता उमंग शर्माले जनाएका छन् ।