एटीएममा नेपाली भाषा नराखे कारबाही हुन्छः नेपाल राष्ट्र बैंक

 

जेठ ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम) मा नेपाली भाषा अनिवार्य राख्न निर्देशन दिएको छ । 

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै १ महिनाभित्र सबै बैंकहरुलाई एटिएममा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न निर्देशन दिएको हो । 

null

राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाहरु प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र त्यस्ता एटीएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई यस बैंकलाई लिखित जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।’ 

उक्त अवधिभित्र एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको नपाइएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *