शाहिदले किन आफूले खेलेको कबीर सिंह पात्र हानिकार भने ?

 

असार २४, भारत । शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ प्रदर्शन भएदेखि विवादमा पर्यो । 

फिल्मसम्बन्धी भएको मुख्य विवाद शाहिद कपुरले निभाएको मुख्य पात्र कबीर सिंहबारेमा नै रह्यो । सिंहमा ‘टक्सीक म्यास्कुलिनी (विशाक्त पुरुषत्व)’ को गुण रहेको र फिल्मले त्यसलाई राम्रो गुण जसरी देखाएको भन्दै धेरै पक्षबाट आलोचना भयो । 

null

हालै एक कुराकानीमा फिल्मका अभिनेता शाहिद कपूरले पनि कबीर सिंहजस्तो पात्र समाजको लागि हानिकारक हुने र ऊ यथार्थबाट धेरै टाढा रहेको बताएका छन् । 

केही दिन अघि ‘कबिर सिंह’का निर्देशक सन्दीप रेड्डी वाङ्गाले फिल्ममा कबिर सिंहको उग्रतालाई प्रतिरक्षा गर्दै ‘पुरुषले आफूसँग सम्बन्धमा रहेकी महिलालाई सार्वजनिक स्थानमा चुम्बन गर्न सक्दैन र थप्पड हान्न सक्दैन भने ती दुईबीच मायाको कमी हुनसक्ने’ बताएका थिए । 

सन्दीपको उक्त भनाई बाहिरिएपछि कयैन कलाकारले त्यसलाई गलत ठहराएको थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *