थाहा पाउनुहोस् आगामी तीन दिनको मौसम
फागुन १, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमबारे जानकारी दिएको छ । महाशाखाका अनुसार हल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएकाले मौसम सामान्यतया सफा रहने छ ।
आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०१ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०२ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०३ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।