पुरस्कार रकमबाट पत्रकारले विद्यार्थीलाई बाँडे पोशाक

 

जेठ ३२, विराटनगर । विराटनगरका पत्रकार शंकर खरेलले शनिबार विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् । 

खरेलले आफूलाई कदर गर्र्दे मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ , दाहाल प्रतिष्ठान लगायतले पुरस्कृत गरेको रकमबाट विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । 

null

पुरस्कारबाट प्राप्त ६० हजार रुपैया पत्रकार खरेलले व्यक्तिगत खर्च नगरी विराटनगर स्थित परोपकार आधारभूत विद्यालय–१ का ४० र सार्वजनिक माध्यमिक विद्यालयका ३ गरी ४३ जना विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगरक्षेत्रका सामुदायिक विद्यालय सुधारकालागि ऐन बनाई कार्यन्वयनमा ल्याउने बताए । 

विद्यार्थीलाई पोशाक वितरण गर्दै उनले आगामी वर्ष नगर क्षेत्रका १० वटा सामुदायिक विद्यालयलाई नमूना बनाउने र यसका लागि ५० रुपैयाँ लाख वजेट छुट्याएको जानकारी दिए । 

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले राज्यको सोच सामुदायिक विद्यालयलाई आगाडि बढाउनु रहेको बताउँदै यस्तो सामाजिक कार्यवाट पत्रकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने टिप्पणी गरे । 

पत्रकार खरेलले आफुले प्राप्त गर्ने पुरस्कारको राशी आगामी दिनमा पनि यसरी नै शिक्षा तथा सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *