भोलिबाट सुरु हुने बैठकले कांग्रेस नेताहरुबीच एकता कायम हुन्छः यादव

 

असार २१, काठमाडौं । केन्द्रिय सदस्य तथा पूर्व कृषिमन्त्री रामकृष्ण यादवले भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमितिको बैठकले नेताहरुबीच एकता कायम गर्ने स्पष्ट पारेका छन् । 

उनले भने, ‘हाम्रा नेताहरुबीच एकता हुन आवश्यक छ । आम जनताले पनि त्यही चाहना राख्नुभएको छ ।’ 

null

यादवले भोलिको बैठकमा पार्टीको विधान पारित भैसकेकोले अब नियामावलीको प्रस्ताव आउने पनि सुनाए । उनले भने, ‘पार्टीको संरचना बनाउने कोशिस भैरहेको छ । त्यसका बारेमा पनि प्रस्ताव आउँछ ।’ 

सरकारले ल्याएको बजेट संघीयता अनुरुप नआएको र यसले संविधानलाई बलियो नबनाउने यादवको दाबी छ । वर्तमान सरकारले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर तुल्याउने काम गरिरहेकोले अब कांग्रेसले सरकारको गलत कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने पनि उनले जनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *