एन आई सी एसिया बैंकलाई आई एस ओ ९००१ː २०१५ प्रमाणपत्र

 

पुस २४, काठमाडौं । एन आइ सी एसिया बैंकले आइ एस ओ प्रमाणपत्र प्राप्त गरेको छ । आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंकले आई एस ओ ९००१ː २०१५ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । 

यस्तो अवार्ड United Registrar of System -URS _/UKAS-UK ले प्रदान गर्ने गर्दछ । 

null

पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएको छ र सोहि कुरालाई दृष्टिगत गर्दै उक्त प्रमाणपत्र दिइएको हो । अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाएपछि बैंकको गरिमा अझ बढेको बताएकाे छ । 

हाल एन आइ सी एसिया बैंकको देशभर २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइ रहेको छ ।  

हाल बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगिसकेको छ । बैंकले हालसम्म ग्राहक संख्या करिब १४ लाख पु¥याउन सफल भइसकेको जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *