आज फोरम र नयाँ शक्तिबीच एकता हुँदै

काठमाडौं, २३ वैशाख । संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच आज सोमबार एकता घोषणा हुँदैछ । काठमाडौंको राष्ट्रियसभा गृहमा दिउँसो पौने १२ बजे कार्यक्रम गरेर एकताको घोषणा गरिने दुवै दलले जनाएको छ । 

 

नयाँ दलमा डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् । 

null

सरकारबाट तत्काल नहट्ने तर यसअघि संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि केही दिनको समय दिने र माग पूरा नभए सरकारबाट अलग हुने सहमति दुवै दलले गरेका छन् । संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । यी २ दलबीच यसअघि पनि पार्टी एकता गर्ने सहमति भए पनि अन्तिम समयमा भाँडिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *