कोरोना भाइरस : आलोचनामाथि सेन्सर लगाउँदैछ चीन !

फागुन २८, एजेन्सी । चीनको एक प्रमुख अखबार ‘ग्लोवल टाइम्स’ले चीन अँध्यारो क्षणबाट बाहिर आएको खबरलाई प्रमुख बनाएको छ । यस रिपोर्टमा राष्ट्रपति सि जिङफिङको वुहान यात्रालाई पनि समेटिएको र चीनमा संक्रमणका घटना धेरै मात्रामा कम भएको दावी गरिएको छ ।   

अर्काे तिर चीनको सरकारी समाचार एजेन्सीको एउटा ट्वीट पनि अहिले चर्चामा रहेको छ । जसमा भनिएको छ, कोरोना भइरसको ६ जना नयाँ संक्रमित बाहिर देशबाट आएकाहरु हुन् ।  उनीहरुमधये पाँच जना इटालीबाट र एक जना अमेरिकाबाट आएका व्यक्ति हुन् ।   

सिन्ह्वामा लगातार यस किसिमको समाचार बाहिर आएका छन् । कोरोना नियन्त्रणका लागि धेरै राम्रो काम गरेको भन्दै सरकारको तारिफ गरिएको छ । चीनका अनुसार नयाँ संक्रमितको संख्यामा धेरै कमि आएको छ । राष्ट्रपति सिले मंगलबार कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको वुहान प्रान्तको भ्रमण गरेका थिए । राष्ट्रपति सिको वुहान भ्रमणका अनुसार चीनले कोरोना भइरसलाई नियन्त्रण गर्न सफल भएको छ ।   

चीनमा कोरोना भाइरसको ८० हजार ७ सय ५४ संक्रमित पुष्टि भएको थियो । जसमध्ये ३१३६ जनाको ज्यान गएको छ ।   

चीनले कोरोनालाई नियन्त्रण गर्न सफल भएको दावा गरिरहेको भएपनि, चीनको तस्विर को यो एक पक्षमात्रै हो । आलोचकहरुका अनुसार चीन सरकारले कमिकमजोरी उजागर गर्नेखालका रिपोर्टहरुमा भने सेन्सर लगाएरहेको छ ।   

भिडियो भयो ब्लक   

चीनमा कोरोना भाइरस रोकथाम गर्ने उपकरणको बारेमा गुनासो गरिएको एक भिडियो भाइरल भएको थियो । तर इन्टरनेटमा एक डाक्टरले गुनासो गरेको पोस्ट ब्लक गरिएको छ ।   

आफ्नी आमाको मृत्युमाथि रोइरहेकी एक युवतिको भिडियो पनि हटाइएको छ । चीनमा कोरोना भाइरसका बारेमा सबैभन्दा पहिला डाक्टर ली वेन लियाङले बताएका थिए । आरोप छ कि उनलाई पनि चुप गराइएको थियो । डा. ली वेन लियाङले अस्पतालबाट आफ्नो कहानी एक भिडियोमार्फत पोष्ट गरे । उनलाई त्यसपछि एक हिरोको रुपमा हेर्न थालिएको थियो । भिडियोमार्फत थाहा भयो कि उनलाई उक्त भाइरसका बारेमा शुरुवातमै जानकारी थियो । तर उनलाई चुप रहन भनिएको थियो । पछि डा. ली वेन लियाङको पनि मृत्यु भयो ।   

तर विश्वस्वाथ्य संगठन उक्त मुद्दामा चीनको आलोचना गर्नबाट बचिरहेको छ । चीनमा डब्लुएचओका डा. गाडेन गालियाले बीबीसीलाई भने, ‘हामी डाक्टर हौं, न कि बहस गर्ने व्यक्ति । हामी जान्दछौं कि यसले केही कमि कमजोरी पहिचान गरेको छ तर यो मुद्दामा डब्लुएचओको कुनै भूमिका हुँदैन । हाम्रो भूमिका सकारात्मक तरिकाले मदत गर्ने हो ।’ 

चीनमा सकारामत्मक पक्षहरुका अलावा अरु कुनै कुरामा ध्यान दिनु खतरनाक हुनसक्छ । चीनमा एक रिपोर्टर केही रेकर्ड गर्ने कोशिश गरिरहेको थियो, त्यही बेला प्रहरी उनको घरमा पुगेको थियो । बुझिएको छ कि ती रिपोर्टरलाई स्वतन्त्र रिपोर्टिङ गरिएको भन्दै हिरासतमा लगिएको छ ।   

यसैबीच रिपोर्टका अनुसार चीनको सबैभन्दा लोकप्रिय म्यासेजिङ एप वीच्याट कोरोना भाइरससँग जोडिएको कीवर्ड्सलाई १ जनवरीदेखि ब्लक गरिएको छ ।   

टोरन्टोस्थित रिसर्च ग्रुप सिटिज़न ल्याबका अनुसार वीच्याटले कोरोनासँग गाँसिएको  कीवर्ड्सको अलावा राष्ट्रपति सि को आलोचना वाला वर्डस् पनि ब्लक गरिएको छ । गएको महिना मै चीनले वाल स्ट्रीट जर्नलका तीन पत्रकारलाई देश निकाला गरिदिएको छ । उनीहरुको लेख जातिवादी भएको आरोप लगाइएको थियो । ती पत्रकारहरुले कोरोना भाइरसको प्रसारमा सरकारको आलोचना गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *