अस्ताए भाजपाका नेता मदनलाल खुराना
मकालु खबर
२०७५ कार्तिक १२ गते
कात्तिक ११, नयाँदिल्ली । भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।
किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ । “उहाँलाई केही दिनदेखि छातीमा समस्या देखिएको थियो, र ज्वरोले पनि असर गरेको थियो ।”
चार पटक सांसद बनेका खुराना भारतीय जनता पार्टीका नेता थिए । उनी सन् १९९३ देखि १९९६ सम्म नयाँदिल्लीको मुख्यमन्त्री बन्नु भएको थियो । त्यसैगरी सन् २००४ मा छोटो समयका लागि उनी राजस्थानको राज्यपाल थिए ।
null
उनको निधन भएकोप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै संवेदना प्रकट गरेका छन् ।
मकालु खबर
२०७५ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित