हातहतियार सहित पोल्याण्डका एक नागरिक पक्राउ

बैशाख १२, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हातहातियार सहित पोल्याण्डका एक नागरिक पक्राउ परेका छन् । उनी चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् । 

कतार एयरको उडानद्वारा काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुसले बोकेका ह्याण्ड ब्यागलाई भन्सार कार्यालयले चेकजाँच गर्ने क्रम उनको साथबाट मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान बरामद गरिएको थियो । 

प्रहरीले उनलाई नियन्त्रणमा लिई उनीमाथी थप आवश्यक अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाई सकिएको जानकारी दिएका छन् । उनीबाट बरामद गरीएका उक्त सामानहरु भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाई सकिएको प्रहरीले जनाएका छन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *