सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् अब विज्ञापन गर्न नपाइने !

माघ १७, काठमाडौं । सामाजिक सञ्जालका कुनैपनि माध्यमबाट अब विज्ञापन गर्न नपाइने भएको छ ।  

राष्ट्र बैंक स्रोतका अनुसार सामाजिक सञ्जालमा विज्ञापनवापत अर्बौं रुपैयाँ बाहिरिएका कारण यस्तो विज्ञापनमा रोक लगाउन लागिएको हो ।   

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी भएको राष्ट्र बैंकको ठहर छ ।   

‘यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ ।   

चालु बर्षको मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने व्यवस्थालाई कडाइ गरिने जनाए पनि यसबारे केही निर्णय हुन सकेको थिएन । राष्ट्र बैंकले यसरी विज्ञापन गरेमा मुद्रा अपचलन अभियोगमा कारवाही गर्ने निर्णय गरेको हो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *