अख्तियार र सम्पत्ति शुद्धिकरणसम्म होइन सिआइबीमै लैजान्छु मुद्दा : दुर्गा प्रसाईं

काठमाडौँ, २९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसम्म पुगेको छ । 

प्रसाईंले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा पेस गरेको हुन् ।   

वी एण्ड सी मेडिकल कलेजको सम्वन्धनका लागि उपाध्यक्ष डा गिरीले आफूसंग २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईँले अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी हालेका हुन् ।   

यसैबीच प्रसाईंले गिरीको शैक्षिक योग्तातको विषयलाई पनि उठाएका छन् । उनले गिरीको शैक्षिक योग्यताको छानविनका लागि केन्द्रीय अनुसन्धान व्यूरोसम्म जाने मकालुखरलाई बताए ।   

प्रसाईंका अनुसार डा. गिरीले ठाउँ अनुसार फरक फरक शैक्षिक योग्ता पेश गर्दै आएका छन् । उनले डा. गिरीलाई आठ महिनामै न्याम्सका प्रेफेसर भएको पनि आरोप लगाएका छन् । प्रसाईंले भने,‘ गिरीले न्याम्सको एसोसियट भएको आठ महिनामै प्रफोसर भए, त्यो कसरी हुन्छ ? जबकी एसोसियट भएको ५ वर्षपछि मात्रै प्रोफेसर हुने प्रवाधान छ । त्यो समयमा स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेल हुनुहुन्थ्यो ।’ 

त्यस्तै उनले डा. गिरीले न्याम्सका विद्याथीहरुका लागि विश्व स्वास्थ्य संगठनले पठाएको एक लाख अमेरिकी डलरको दुरुपयोग गरेको  आरोप लगाएका छन् । उनले भने, ‘ २०६९ मा विद्यार्थीहरुका लागि चार देशमा गएर तालिम लिनका लागि विश्व स्वास्थ्य संगठनले पठाएको रकमबाट डा. गिरी आफै चार देश घुमेर आए । उनले विद्यार्थीहरु नगएका कारण आफै गएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।’ 

यसअघि प्रसाईँले आफूसंग डा. गिरीले घुस मागेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । त्यस लगत्तै डा. गिरीले सोही दिन अर्को पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए । उनले आरोप मिथ्या रहेको भन्दै त्यस विरुद्ध कानूनी उपचारमा जाने बताएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *