चितवनमा घरमै पुर्‍याइँदैछ बिरामीलाई औषधि

चैत्र २३, चितवन। चितवनको रत्ननगरमा बिरामीको घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिको छ। लायन्स क्लब अफ चितवन नेशनल पार्क र लियो क्लब अफ रत्ननगरको संयुक्त प्रयत्नमा यस्तो व्यवस्था गरिएको छ।   

दीर्घरोगीहरूलाई आवश्यक पर्ने औषधि बिरामीको घरमा पुर्‍याउने काम सुरु गरिएको क्लबले जानकारी दिएको छ। क्लबले बिरामीहरुका लागि आवश्यक पर्ने औषधिको नाम फोनमार्फत टिपाउन सकिने व्यवस्था मिलाइएको छ।    

औषधिको नाम टिपाउन ०५६-५६१२७२, ९८५५०८०७१३ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको लायन्स क्लब अफ चितवन नेशनल पार्कका अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिए। बिरामीले आवश्यक औषधिको नाम र सम्पर्क नम्बर बिहान १० बजे देखि दिउँसो ३ बजेभित्र टिपाइ सक्नु पर्नेछ।   

दिउँसो ३ बजेपछि सेवाग्राहीले टिपाएको औषधि घरघरमा पुर्‍याइने अध्यक्ष क्षेष्ठले बताए। उनले यसरी घरमा औषधि पुर्‍याएको सेवा शुल्क भने नलिने बताए। बिरामीले औषधि पसलले दिएको बिल अनुसार मात्र औषधिको पैसा तिर्नुपर्ने छ। 

लकडाउनको समयमा दीर्घरोगीहरुलाई औषधिको समस्या देखिएपछि यो सेवा सुरु गरिएको उनले बताए। अध्यक्ष श्रेष्ठका अनुसार बिरामीलाई रत्ननगरमा रहेका औषधि पसलहरूबाट औषधि खरिद गरेर घरघरमा पुर्‍याइने छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *