सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्ग बीच कार्यगत सम्झौता

 

साउन १०, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रा लि, बिरगंजबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्झौता भएको छ । 

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्रा. लि.का अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् । 

null

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध इस्कर्ट (Escort) कम्पनीको (xtreme) ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ प्रा. लि बाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अर्न्तगत खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने जनाइएको छ । 

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाहरुबाट यस किसिमको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *