शिव– शक्ति विद्यापीठकोे ९ औँ वार्षिकोत्सव मनाईँदै, आज देखि भागवत सप्ताह शुरु

फाल्गुण ३, लम्की ।  कैलालीको लम्कीचुहा–१ रहेको शिव– शक्ति श्रीविद्यापीठकोे ९ औं वार्षिक उत्सव मनाउन शुरु भएको छ । वार्षिक उत्सवको अवसरमा चन्द्रमौलीश्वर धाम परिसरमा श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज देखि शुरु भएको हो । 

स्वामी श्री निःशेषनन्द जी महाराजको सत्संकल्प बाट शुरु भएको महायज्ञमा प्रखर भागवतवक्ता युवा पण्डीत प्रभव धमालाको मुखारविन्द बाट संगितमय कथा बाचन हुने महायज्ञ मूल आयोजक समितिका संयोजक चुडामणि भण्डारीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिउका छन् ।   

फागुन ९ गते शिवरात्रीका दिन समापन हुने महायज्ञको सातै दिन दैनिक पुजन, विवाह, वर्तवन्ध लगायतका शुभकार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।   

भागवत कथा बाचन प्रत्यक दिन विहान ११ बजेदेखि अपरानह ४ बजे सम्म हुनेछ । महायज्ञ मूल आयोजक समितिका संयोजक चुडामणि भण्डारीको सभापतित्वमा भएको महायज्ञ उदटन समारोहको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलाचन भट्ट रहेका थिए । विशिष्ट अतिथिमा राष्ट्रिय सभा सदस्य कमला कुमारी ओली र प्रदेश सांसद रतन बहादुर थापा थिए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सुर्य बहादुर थापा, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजागाई, उप प्रमुख टीका थापा, वडा नं. १ का अध्यक्ष जनक बहादुर बम लगायतकाको सहभागिता रहेको थियो । धामका उपाध्यक्ष बद्रीप्रसाद लम्सालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा बोल्दै सुदुरपश्चिका मुख्यमन्त्री त्रीलोचन भट्टले धार्मिक पर्यटन क्षेत्रको विकासका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । 

यस प्रदेशको धार्मिक पर्यटन विकासकालागि लागी प्रदेश सरकारले पाचवटा करिडोर बनाएर काम अगाडी बढने लक्ष्य लिएको बताए । कार्यक्रममा शिबशक्ति श्रीविद्यापिठका संरक्षक एक हजार आठ श्री निःशेषानन्द महाराजले समाज लाई सहि बाटोमा डोर्याउनको लागि धर्मको संरक्षण आवश्यक रहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *