प्रतिनिधि र प्रदेश सभा मत परिणामको फैसला : कस्ले कति सिट जिते ?
“
काठमाडौं,मंसिर २७ । पहिलो र दोस्रो चरणको प्रतिनधि सभाको सबै मत परिणाम आज बुधबार फैसला भएको छ ।
बाँकी रहेको सुनसरी क्षेत्र नम्बर–३ को प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भएसँगै सबै मत परिणाम बाहिरिएको छ । काँग्रेसका उम्मेद्वार विजय गच्छदारले प्रतिस्पर्धी एमालेकी भगवती चौधरीलाई तीन सय २१ को मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् । गच्छदारले ३८९७२ र चौधरीले ३८६५१ मत प्राप्त गरेकी छिन् । प्रतिनिधि सभा सदस्यमा १६५ निर्वाचन क्षेत्र रहेकोमा ८०सिटमा एमाले, ३६ सिटमा माओवादी केन्द्र, २३ सीटमा काँग्रेस,राजपाको ११, संघीय फोरमको १०, राप्नपाको १, नयाँ शक्तिको १,राष्ट्रिय जनमोर्चाको १, नेमकिपाको १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।
यता, प्रदेश सभातर्फ ३३० मध्ये एमालेले १६८, माओवादी केन्द्र ७३, काँग्रेस ४१, राजपा १६,मसाल २४ र अन्यले ८ क्षेत्रमा विजयी हासिल गरेका छन् । प्रतिनिधिसभातर्फ बाम गठबन्धनले दुई तिहाई बढी बहुमत ल्याएर संसदमा प्रवेश गरेको छ । त्यस्तै, समानुपातिक तर्फमा पहिलो स्थानमा एमाले, दोस्रो स्थानमा काँग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ ।
“