मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मकालु खबर
२०७६ असोज २७ गते
असोज २७, कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिका–३ मा म२प ९९६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय हंश बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
तीव्र गतिका कारण दुर्घटाना भएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०७६ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित