पहिलाे बेत गाईभैंसीलाई सुत्केरी भत्ता दिईदै

चितवन, २८ पौष । चितवनकाे एक दुग्ध उत्पादक संस्थाले पहिलाे बेत सुत्केरी गाईभैंसीलाई सुत्केरी भत्ता दिने सार्वजनिक गरेकाे छ । 

चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाले पहिलो बेतको गाईभैंसीलाई दुई हजार सुत्केरी भत्ता वितरण गर्ने भएको हाे । 

स्थापनाको २५ बर्ष पुगेको अवसरमा सो संस्थाले पहिलो बेते गाईभैंसीलाई सुत्केरी भत्ता दिने घोषणा गरेको संस्थाका अध्यक्ष छविलाल भुषालले बताए । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्सहान गर्न र सुत्केरी गाईभैंसीलाई पौष्टिक आहार खुवाउन भत्ता दिन लागिएकाे हाे । 

null

सो संस्थाको २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्तीले सो प्रस्ताव पारित गरेको छ । माघ महिनापछि ब्याउने पहिलो बेते गाईभैंसीलाई दुई हजार भत्ता दिने अध्यक्ष भुसालले बताए । 

 

त्यस्तै, ठेलागाडा खरिदमा २० जना लाई २ हजार ५ सय, घाँस काट्ने मेसिन खरिदमा ५ जनालाई ७ हजार, चापकटर मेसिन खरिदमा १० जना लाई १० हजारका दरले अनुदान दिइने संस्थाका व्यवस्थापक खुदयराज पन्तले बताए । 

सहकारीले ८ वटा संकलन केन्द्रबाट दैनिक ६ हजार लिटर दुग्ध संकलन गर्दै आएको छ । हाल सहकारीमा ७ सय सदस्य रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *