सिंहदरबार अगाडि किताब पढेर प्रदर्शन गर्ने नौजना पक्राउ, फेरी यस्तो गरे राजद्रोहको मुद्दा चलाइने प्रहरीको चेतावनी

माघ २६, काठमाडौं । सिंहदरबार अगाडि किताब पढेर प्रदर्शन गर्ने नौ जना पक्राउ परेका छन् । आइतबार सिंहदरबारको पश्चिम गेट अगाडि किताब पढेर प्रदर्शन गरिरहेका नौजनालाई पक्राउ गरिएको हो ।   

सरकारले किताबमा कर लगाएको भन्दै सिंहदरबारको पश्‍चिम गेट अगाडि अनौठो प्रदर्शन गरिएको थियो ।  किताब पढ्न पनि कर तिर्नुपरेको भन्दै विद्यार्थीहरुको एउटा समूहले प्रदर्शन गर्दा पक्राउ परेका हुन्। 

उनीहरुलार्य प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो ।   

null

पक्राउ पर्नेमा आज्ञा श्रेष्ठ, उषा मैनाली, बिमल घिमिरे, प्रतिभा थुलुङ राई, मनोज पुरी, सुनिल बस्यौला, ऋषि रिजाल, बिनोद देउवा र गोविन्द कोइराला छन् ।   

उनीहरुले किताबमा करविरुद्ध करिब ५ हजार जनाको हस्ताक्षरयुक्त ब्यानरसहित प्रदर्शन गरेका थिए ।   

जिल्ला प्रशासन कार्यालयद्वारा घोषित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनिहरुलाई हिरासतमा लिइएका प्रहरलिे जनाएको छ । प्रहरीले पुनः यस्तो काम नगर्ने शर्तमा उनीहरुलाई रिहा गरेको छ।   

प्रहरीले फेरि यस्तो गरेमा राजद्रोहको मुद्दा चलाउने चेतावनी दिँदै कागज गराएर छाडेको प्रदर्शनमा संलग्न विद्यार्थीले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *