८ देशका नागरिकलाई ‘अन अराइभल भिसा’ रोक

फागुन २७, काठमाडौं । सरकारले ८ देशका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको हो । 

कोरोनाको संक्रमण धेरै भएका चीन, जापान, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले अब अन अराइभल भिसा नपाउने भएका हुन् । गत साता चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइँदै आएकोअन अराइभल भिसामा रोक लगाएको थियो । 

अब यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार बढीमा एक साताअगाडिको रिपोर्ट मान्य हुने विभागले जनाएको छ ।   

विश्व स्वास्थ्य संगठनकै सुझाबहरू सरकारले कडाइ गरेको हो । विदेशबाट आउने हरेक यात्रुको विमानस्थलमा ज्वरो नाप हुने गरेको छ । नेपालमा हाल कसैलाई पनि कोरोनाको संक्रमण नभए पनि विश्वमा फैलिएकाले नेपाललाई पनि उच्च जोखिममा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *