एक दिवसीयमा रोहितले बनाए कीर्तिमान
मकालु खबर
२०७४ जेठ १५ गते
“
मोहाली– रोहित शर्माले एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक पूरा गरेका छन् । नियमित कप्तान विराट कोहली विवाहका कारण श्रीलंका विरुद्ध एक दिवसीय शृंखलामा अनुपस्थित छन् ।
उनको स्थानमा कप्तानी गरिरहेका रोहितले मोहालीको दोस्रो एक दिवसीयमा १ सय ५३ बलमा १३ चौका र १२ छक्काको सहयोगले अविजित २ सय ८ रन बनाए । एक दिवसीय क्रिकेटमा तेस्रो पल्ट दोहोरो शतक बनाउने उनी एक मात्र व्याट्सम्यान हुन् । उनले सन् २०१३ मा पहिलो पल्ट अस्ट्रेलिया विरुद्ध २ सय ९ रन बनाएका थिए ।
सन् २०१४ मा उनले श्रीलंका विरुद्ध नै कोलकाताको इडेन गार्डेनमा २ सय ६४ रन बनाएका थिए । रोहितले बुधबार भएको खेलमा पछिल्लो सय रन ३५ बलमै पूरा गरेका थिए । युवा खेलाडी श्रेयश अय्यर (८८) र शिखर धवन (६८) ले पनि अर्धसतक बनाएका थिए । भारतले पहिलो इनिङमा ४ विकेट गुमाएर ३ सय ९२ रन बनाएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित