भन्सार तथा भ्याट छल्ने पाँच जना बिरुद्ध मुद्दा दर्ता

 

चैत्र २९, बुटवल । भन्सार तथा भ्याट छल्ने पाँच जना बिरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान कार्यालय, बुटवलले उनीहरु बिरुद्ध रु. २२ लाख रुपैयाँ बराबर जरिवाना मागदावी गरी सो मुद्धा दर्ता गराएका हुन् । 

यसरी भन्सार तथा भ्याट छल्नेमा न्यू सूर्य कूचो प्रा.ली. रहेको छ । यसका संचालक सुरेन्द्र अग्रवाले विल वीजक बीना नै सामान ओसार पसार गरी र गलत वीजक जारी गरी भन्सार तथा भ्याट छली गर्दै आईरहेका थिए । उनीमाथी राजस्व चुहावट गरेको अभियोगमा कुल १५ लाख २५ हजार चार सय ९२ रुपैयाँ र तीन वर्ष कैद सजाय माग दावी गरी मुद्दा दर्ता भएको छ । 

null

साथै सोही मुद्दामा राजस्व चुहावटको कार्यमा सहयोग गरेका नवराज रिमाललाई मतियार मानी सात लाख ६२ हजार सात सय ४६ रुपैयाँ जरीवाना र एक वर्ष छ महिनासम्म कैद सजाय हुनु पर्ने मागराखी मुद्दा दर्ता भएको छ । 

त्यस्तै भन्सार छली गरी कपडा तथा मालवस्तुको कारोबार गर्ने कपिलवस्तु, कृष्णनगरका केशर ओली, उमा शंकर मिश्र र सफिउल्लाह मुसलमानलाई भन्सार विन्दुमा गलत परिमाण बताई राजस्व छलकोे आरोपमा कुल एक लाख सात हजार चार सय १० रुपैयाँ र ३ वर्ष कैद सजाय माग दाबी गरी उनी माथी पनि मुद्धा दर्ता भएकाे छ ।  

विभिन्न जिल्ला अदालतमा चालु आर्थिक वर्षमा राजस्व अनुसन्धान कार्यालय बुटवलले ३१ जना फर्म र व्यक्ती विरुद्ध करिब १ अर्ब ५० करोड विगो माग दावी गरी १५ वटा मुद्दा दर्ता गराएकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *