एक दम्पत्तीले छोरी सरह अन्माए बुहारीलाई

 

मंसिर २८, झापा । झापामा एक रोक्का दाम्पत्तीले आफ्नो बुहारीलाई छोराको मृत्यु भएपछी छोरी सरह दोस्रो बिवाह गरिदिएका छन् । शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका अनुशालाई रोक्का दम्पत्तीले छोरीका रूपमा अन्माएका हुन् । 

शिवसताक्षी–१० माइधामा अवस्थित एक मन्दिरमा गत सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी सँग अनुशाको हिन्दू धर्म संस्कार अनुसार रोक्का दाम्पत्तीले बिवाह गरिदिएका थिए । 

null

 

श्रीमान् काे मृत्युपछी बिगत चार वर्ष देखी एकल जीवन बिताउँदै आईरहेकी अनुशाको ४ वर्षीय छोरा समेत छन् भने उनी सँग दोस्रो विवाह गर्ने मोरङ्ग हसन्दहका गोविन्द अधिकारी पनि एकल पुरुष हुन् । वैदेशिक रोजगारमा हुँदा  उनका श्रीमतीले दोश्रो विवाह गरेपछि गोविन्द एकल भएका थिए । उनको पनि ६ वर्षीय छोरा छन् । 

अनुशाका श्रीमान् काे चार वर्षअघि कलेजो क्यान्सरका कारण मृत्यु भएको थियो । ०६९ सालमा झापाको बनियानीबाट रोक्का दम्पतीले अनुशालाई बुहारी बनाएर घर भित्राएका थिए 

रोक्का दम्पत्तीले भने– २४ वर्षमै बुहारी एकल हुनुपर्यो । दैवले छोरा चुढेर लगे पनि बुहारीलाई छोरी बनाएर भविष्य खोजिदिएको हुँ ।’ उनीहरुले भने– ‘नहुनुपर्ने घट्ना भइ दियो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन् । यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर बिहे गरिदिने निधो गरियो।’ 

फेसबुकमा मात्र अनुशाको तस्बिर हेरेका गोविन्दको अनुशासँगको पहिलो भेट भने उक्त विवाहको जग्गेमै मात्र भएको हो । आफन्तसँग आउने जाने बाटो सँधैका लागि खुल्ला गरेर दोश्रो बिवाह गर्ने यी जोडीले समाजमा गतिलो उदाहरण दिएका छिमेकी बालकुमार जोगी बताउँछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *