सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

मंसिर २८, काठमाडौँ । सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

आइएइस लडाकूको नियन्त्रणमा रहेको एक गाउँलाई लक्ष्यगरी गरिएको कारबाहीमा परी मारिएका सर्वसाधारणमा आठ बालबालिका र छ महिला रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । प्रत्यक्षदर्शी अब्जरभेटरीकै एक सदस्यका अनुसार मारिएका ती सर्वसाधारण एकै भवनमा लुकेर बसेका संयुक्त परिवारका सदस्य रहेका थिए ।

सिरियामा आइएसले नियन्त्रण गरेको इलाकाहरुमा अमेरिका आवद्ध सुरक्षाबलले कारबाही गर्ने क्रममा सर्वसाधारणको ज्यान जाने गरेको छ । सन् २०१४ बाट सिरिया र इराकभरी अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा परी ८०१ सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *