लकडाउन अवज्ञा गर्ने ३५ सवारीसाधन नियन्त्रणमा

फाइल तस्विर 

चैत्र १४, विराटनगर । लकडाउनको आज (शुक्रबार) चौथो दिन । प्रहरीले लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । 

कोरोना भाइरस संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्रहरी निरिक्षक राकेश पोदारले जानकारी दिए । 

बिहान १० बजेसम्म ३५ वटा सवारी नियन्त्रणमा लिइएको हो । जसमा ३० वटा मोटरसाइकल, १ वटा स्कुटर, २ वटा ट्याक्टर, २ वटा भारतीय लहरी रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *