माननीय रेशम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्छ: बाबुराम भट्टराई

 

चैत ४, काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले टीकापुर घटना राजनीतिक विद्रोह भएको भन्दै जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका हुन् । 

null

‘टिकापुर घटना राजनीतिक घटना हो । यसलाई आपराधिक घटनाका रुपमा लिनुहुँदैन । यसलाई राजनीतिक रुपले नै सम्बोधन गर्नुपर्छ । माननीय रेशम चौधरी लगायत सबैलाई अविलम्ब रिहा हुनुपर्छ’, डा. भट्टराईले भने । गत फागुन २२ गते रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । 

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाबुराम भट्टराईले सिके राउतलाई अनावश्यक महत्व दिएको पनि आरोप लगाए । ’सिके राउतलाई सरकारले ‘गौतम बुद्ध र पृथ्वीनारायण शाह पछिको एक मात्र व्यक्तित्व’ जसरी प्रस्तुत गर्यो,’ उनले भने । 

यस्तै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अपरिपक्व निर्णय भएको पनि स्पष्ट पारे । 

विप्लवलाई प्रतिबन्ध गर्नु ठिक नभएको भन्दै डा. बाबुराम भट्टराईले ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै नियमन गर्न सकिने बताए । विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गरेको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *