चितवनमा एसपी मल्लको सक्रियता
जेष्ठ २७, चितवन । चितवनमा हालै सरुवा भई आएका प्रहरी उपरिक्षक दानवहादुर मल्ल यति वेला जिल्ला भित्रका सरोकारवाला निकाय, संघसंस्था, वुद्धिजिवीहरुबीच अर्न्तक्रियामा व्यस्त छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका नवनियुक्त प्रमुख भएकाले उनलाई स्वागत गर्ने संघसंस्थाको ताती छ भने उनी आफै पनि जिम्मेवार निकाय, व्यक्तीहरुसंग अर्न्तक्रिया गर्दै समस्या तथा गुनासाहरु संकलन गरिरहेका छन् । आईतवार खैरहनी नगरपालिकामा अर्न्तक्रिया गरेका एसपी मल्लले सोमवार राप्ती नगरपालिकाका जनप्रतिनिधी, संघसंस्था प्रतिनिधी, वुद्धिजिवीहरुसंग यहाँको समस्याका बारे अर्न्तक्रिया गरेका हुन् ।
null
राप्ती नगरपालिका प्रमुख प्रभा वरालको अध्यक्षतमा भएको कार्यक्रममा यहाँका स्थानीयले नगरको पहाडी भेगमा लगानी गाँजा खेतीको अन्त्य गर्नु पर्ने, इलाका प्रहरी कार्यालय भण्डाराबाटै मुद्या चलाउने व्यवस्था गर्नु पर्ने विषयलाई प्राथमिकता दिएर काम गर्न सुझाव दिए ।
उनीहरुले इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले यहाँको शान्ति सुरक्षा लगायत अन्य काममा गरेको कामको प्रसंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा एसपी मल्लले गाँजाखेती अन्त्यका लागि नगरपालिकासंग सहकार्य गरेर सचेतनाको कार्यक्रम संचालन गर्नु पर्ने वताए । आफु आएको करिव २ साता भएको उल्लेख गर्दै एसपी मल्लले राप्तीका स्थानीयले राखेका अन्य सुझावहरुलाइ अध्ययन गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
राप्ती नगर उपप्रमुख इमानसिंह लामाले विगतमा प्रहरी संगठन भित्र एकाध प्रहरीका कारण छवि विग्रेको वताउँदै नयाँ ढंगले अघि वढ्नु पर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सन्तोष आचार्यले समुदाय प्रहरीबीचको सहकार्यले शान्तिपुर्ण तथा सुरक्षित समाज निर्माण हुने विश्वास व्यक्त गरे ।
डिएसपी आचार्यले सरकारले लिएको विकासको लक्ष्यलाई सघाउन पुर्याउन सुरक्षा प्रमुख रहने भएकाले यसमा कुनै कन्जुस्याई नगर्ने वताए । सोही अवसरमा पुरानो मेडिकल कलेजले इलाका प्रहरी कार्यालय भण्डारालाई एक थान व्रेथ लाईजर हस्तान्तरण गरेको थियो । कलेजका डाक्टर सुप्रभात श्रेष्ठले कार्यालयका प्रमुख आचार्यलाई ब्रेथ लाईजर हस्तान्तरण गरेका थिए ।