राष्ट्रपति र जर्मनीको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

 

                                                                          तस्विर/राष्ट्रपतिको कार्यालय 

फागुन २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका तोबियास फ्लुगेर नेतृत्वको जर्मनीको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । 

null

आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा जर्मनी संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको हो । 

त्यस अवसरमा उनीहरुबीच नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफेरको उपस्थिति थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *