नयाँ विदेश नीति सल्लाहकारमा राजन भट्टराई, पूर्वमन्त्री आचार्य भारतका लागि राजदूत सिफारिस

कात्तिक २६, काठमाडौँ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । 

भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार रहेका भट्टराई पूर्वसांसद समेत थिए । उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् । 

null

त्यस्तै सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । 

पूर्व कानुनमन्त्री समेत रहेका आचार्यलाई आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो । 

उनी दुई वर्षअघि नेपाल भारत सम्बन्धका समग्र आयाम अध्ययन गरी दुईपक्षीय सम्बन्धलाई आवधिक गराउन नियुक्त गरिएको चार सदस्यीय प्रबुद्ध समूहका सदस्यसमेत थिए। जुलाईमा प्रतिवेदन तयार गरेपछि समितिको पदावधि समाप्त भएको थियो। 

सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *