सरकारविरुद्ध मिलेर लड्ने कांग्रेस र राजपाबीच सहमति, एकअर्काविरुद्ध नबोल्ने

 

असार २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकअर्काविरुद्ध नबोल्ने सहमति भएको छ । 

दुवै दलहरुका बीचमा मिल्ने राष्ट्रिय मुद्दामा सहमति गरेर अगाडि बढ्ने र नमिल्ने मुद्दामा एक–अर्काको विरोधमा नबोल्ने सहमति भएको हो । 

null

असार २१ गते बूढानीलकण्ठस्थित देउवा निवासमा सभापति देउवा र राजपाका नेताहरु महन्थ ठाकुर, अनिल झा र राजकिशोर यादवबीच सरकारविरुद्ध संसदमा मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको शुक्रबार बत्तिसपुतलीमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश ढंगको शासनशैलीको यात्रा रोक्न सदनभित्र सहमतिको दिशामा एक भएर जाने सहमति भएको हो । 

सहमतिअनुसार नै दुबै दलले सर्लाही गोलीकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै पहिलो पटक एकसाथ प्रतिनिधिसभामा बेल घेराउ गरी नाराबाजी गरेका थिए । उनीहरुको अवरोधका कारण सभामुखले संसद बैठक नै स्थगित गर्नुपरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *