आज भक्तपुरको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनकाे ठूलो घुइँचो

 

फागुन २०, भादगाउँ । महाशिवरात्रीको पर्वको अवसरमाआज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो  लागेको छ । 

प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । 

null

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ । 

त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा आज विहानैदेखि डोलेश्वर मन्दिरलगायत भक्तपुरको आशापुरी महादेव, यातु महादेव, अन्नतलिङ्गश्वर, मङ्गलेश्वर र दत्तात्रय मन्दिरमा समेत दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *